FLASH NEWS
आज: १३ माघ २०७८, बिहीबार | Thu, 27, Jan, 2022 Gokarneshwor TV HD

नेकपा (एमाले) का अध्यक्ष ओलीलगायत पदाधिकारीद्वारा सपथ ग्रहण (फोटो फिचर)

गोकर्णेश्वर खबर१४ मंसिर २०७८, मंगलवार २०:४२ मा प्रकाशित (१ महिना अघि) ७३ पाठक संख्या

काठमाडौँ– चितवनमा सम्पन्न १० औँ महाधिवेशनबाट नेकपा एमालेको अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले सपथ ग्रहण गरेका छन्।

पार्टी विधानअनुसार धारा ६६ ९३० अनुसार उनलाई सपथ गराएका हुन्।

यसैगरी नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई ओलीले सपथ ग्रहण गराएका छन्। अन्य आयोगका पदाधिकारीलाई पनि सम्बन्धित आयोगका अध्यक्षले सपथ खुवाएका छन्।

सपथ ग्रहण अघि निर्वाचन आयोगका अध्यक्ष सुब्बाले मतपरिणाम सार्वजनिक गर्दै एमालेको अध्यक्षमा ओलीलाई विजयी घोषणा गरेका थिए। ओलीसँग भीम रावल २२३ मत ल्याएर पराजित भएका थिए ।