आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी

गोकर्णेश्वर खबर१४ मंसिर २०७८, मंगलवार १५:४६ मा प्रकाशित (२ साल अघि) १३५ पाठक संख्या

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । पार्टीको १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मंगलवार चितवनको सौराहामा भएको निर्वाचनमा ओलीले फराकिलो जीत हात पारेका हुन् ।

ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका छन् । यससँगै ओलीले दोस्रो कार्यकाल पनि अध्यक्षका रूपमा एमालेको नेतृत्व गर्ने पक्का भएको छ ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।