आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

एमालेको मतगणना जारी, ओलीको अग्रता

गोकर्णेश्वर खबर१४ मंसिर २०७८, मंगलवार १५:२५ मा प्रकाशित (२ साल अघि) ११८ पाठक संख्या

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनामा के.पी.ओलीको अग्रता भीम रावलको मत भन्दा धेरै फराकिलो छ ।

निर्वाचन समितिले दिएको पछिल्लो जानकारीअनुसार ओलीले ९९६ मत पाउँदा अर्का प्रत्यासी भीम रावलले १११ मत पाएका छन् ।

चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुन नसकेपछि मंगलबार बिहान विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।