आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

एमाले महाधिवेशन : २ हजार ८० मत खस्यो, परिणाम आउन ३ घण्टा लाग्ने

गोकर्णेश्वर खबर१४ मंसिर २०७८, मंगलवार १२:१४ मा प्रकाशित (२ साल अघि) २०४ पाठक संख्या

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा मतदान सकिएको छ। मंगलबार बिहान ४ बजेबाट सुरु भएको मतदान सकिएको हो। विहान १० बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समयमा एमाले निर्वाचन आयोगले आधा घण्टा समय थप गरेको थियो।

निर्वाचनमा करिब २ हजार ८० मत खसेको केन्द्रीय निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो सार्वजनिक हुने अपेक्षा छ ।

तर मत खसेको विवरण औपचारिक रुपमा सार्वजनिक हुन बाँकी छ । ‘२ हजार १५३ प्रतिनिधिमध्ये २ हजार ८० भन्दा बढी मत खसेको छ,’ निर्वाचन समितिका एक सदस्यले भने ।