आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

भीम रावललाई भोट नहाल्न पर्चा बाँडियो

गोकर्णेश्वर खबर१४ मंसिर २०७८, मंगलवार ०७:५९ मा प्रकाशित (२ साल अघि) ३६८ पाठक संख्या

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरूलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरूलाई पर्चा बाँडिएको छ ।

उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल, खुला सचिवका उम्मेदवार टंकप्रसाद कार्की र भीमप्रसाद आचार्यलाई पनि भोट नहाल्न पर्चामा चिन्ह लगाईएको छ ।

यसैगरी प्रदेश १ खुला सदस्यमा भाष्कर काफ्ले, प्रदेश १ महिला सदस्यमा नीरा खनाल, सुदूरपश्चिम प्रदेश महिला सदस्यमा पशुपति कुँवर र मञ्जु मलासी, दलित खुला सदस्यमा नरबहादुर विक र थारु खुला सदस्यमा जयप्रकाश थारु तथा पिछडिएको क्षेत्रबाट सदस्यका उम्मेदवार भरत साउदलाई पनि भोट नहाल्न भनिएको छ ।

कसैका विरुद्ध समूहगत प्यानल नबनाउने आचार संहिता बनाए पनि ओली समुह भन्दा बाहिर भोट नहाल्न आग्रह गर्दै पर्चा बाँडेर ओली समुहले आचार संहिताको उलंघन गरेको छ ।