आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

एमालेमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा सर्वसम्मत

गोकर्णेश्वर खबर१३ मंसिर २०७८, सोमबार १३:२२ मा प्रकाशित (२ साल अघि) ३७९ पाठक संख्या

काठमाडौं, १३ मंसिर । नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् । आइतबारसम्म वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका सुवासचन्द्र नेम्वाङको समेत उम्मेदवारी नपरेपछि पोखरेल सर्वसम्मत वरिष्ठ उपाध्यक्ष भएका हुन् ।

एमाले महासचिव बने शंकर पोखरेल

यसैगरी, नेकपा एमालेको महासचिवमा शंकर पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् । चितवनको सौरहामा जारी १० औं राष्ट्रिय महाधिवेशनबाट पोखरेल सर्वसम्मत महासचिव चुनिएका हुन् ।

सोमबार मनोनयन दर्ताको समय अवधिभित्र अन्यको उम्मेदवारी नपरेपछि पोखरेल सर्वसम्मत महासचिव बनेको निर्वाचन समितिले जनाएको छ ।

एमाले उपमहासचिवमा ज्ञवाली, गुरुङ र रिमाल सर्वसम्मत

यसैगरी, नेकपा एमालेको उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत चुनिएका छन् ।

चितवनको सौरहामा जारी १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले ज्ञवाली, गुरुङ र रिमाललाई उपमहासचिव बनाउन प्रस्ताव गरेका थिए । सोमबार बिहान मनोनयन गर्ने समयसम्म पनि अरु कसैले उम्मेदवारी नदिएपछि तीनै जना उपमहासचिवमा सर्वसम्मत भएका हुन् ।