आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

नेपाली कांग्रेसका युवा नेता हरिबोल भण्डारीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

गोकर्णेश्वर खबर१३ मंसिर २०७८, सोमबार ०९:१५ मा प्रकाशित (२ साल अघि) २१२ पाठक संख्या

काठमाडौ । नेपाली कांग्रेसका युवा नेता हरिबोल भण्डारीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

काठमाडौं ३ बाट अत्याधिक मतका साथ महाधिवेशन प्रतिनिधि निर्वाचित भण्डाडारीले सोमबार कांग्रेस केन्द्रीय सदस्यमा उमेदवारी दिने घोषणा गरेका हुन् ।

कांग्रेसको अघिल्लो महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा उठेका भण्डारीले सम्मानजनक मत ल्याएका थिए । कांग्रेसलाई सुदृढ र सशक्त बनाउन आफ्नो उमेदवारी भएको उनले बताए ।

भण्डारीले भने– ‘मेरो सकृय राजनीतिको केही मुलभूत मान्यताहरु छन् । नेपाली कांग्रेसको स्थापनाकालिन उद्देश्य र सिद्धान्तलाई पुर्नजागृत गर्दै बिपी कोईरालाले देख्नु भएको समाजबादी समाजमा नेपाली समाजलाई पुर्याउनु पहिलो र अन्तिम कर्तव्य संझेको छु । म सँग एउटा सपना छ । मेरो त्यो सपनालाई पुरागर्ने इच्छाशक्तिले मलाई प्रत्येक दिन लखेट्दै छ । मेरो दौडाईको त्यो क्रममा केवल एउटा चिजको खाँचो छ । त्यो तपाईहरुको साथ सहयोग र समर्थनको अपेक्षा गरेको छु’ ।