आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

कृष्ण बानियाँ (सबुज) कांग्रेसको काठमाडौं जिल्ला सभापतिमा विजयी

गोकर्णेश्वर खबर१३ मंसिर २०७८, सोमबार ०९:०८ मा प्रकाशित (२ साल अघि) ६६८ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापतिमा कृष्ण बानियाँ (सबुज) विजयी भएका छन् ।

बानियाँले अर्का प्रतिस्पर्धी उपेन्द्र कार्कीलाई ८६८ मतले हराउँदै बानियाँ जिल्ला सभापति निर्वाचित भएका छन् । बानियाँले १९५७ र कार्कीले १०८९ मत पाएका छन् । बानियाँलाई प्रकाशमान सिंह र गगन थापा पक्षले समर्थन गरेका थिए ।

यस्तै कार्कीलाई शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षको समर्थन थियो । उनीहरु प्यानलसहित प्रतिस्पर्धामा होमिएका थिए । निर्वाचनमा बानियाँ नेतृत्वको प्यानल नै विजयी भएको छ ।

कांग्रेसको काठमाडौं जिल्ला उपसभापतिमा गोकर्ण केसी र राजकुमारी नकर्मी विजयी भएका छन् । केसीले १९२२ र नकर्मीले १८२९ मत पाएका छन् ।

सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी विजयी भएका छन् । थापाले १९१५ र पुडासैनीले १८१७ मत पाएका छन् । तथा सहसचिवमा प्रा.डा. अमिता प्रधान र रोमेल श्रेष्ठ विजयी भएका छन् । प्रधानले २०६६ र श्रेष्ठले १७७५ मत पाएका छन् ।

युवा नेता कुमार राज सुवेदीलाई ९५८ मत 

काठमाडौं क्षेत्र नं. ३ का सचिवका उम्मेदवार नेपाली कांग्रेसका युवा नेता कुमार राज सुवेदीले ९५८ मत पाएका छन् । सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय सुवेदीले उपेन्द्र कार्की समुहबाट सचिवमा प्रतिश्पर्धा गरेका थिए ।