आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

माओवादी केन्द्रको दोश्रो नगर सम्मेलनबाट नयाँ गोकर्णेश्वर नगर समिति गठन

गोकर्णेश्वर खबर१२ मंसिर २०७८, आईतवार १६:५२ मा प्रकाशित (२ साल अघि) २९२ पाठक संख्या

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को ऐतिहासिक दोश्रो नगर सम्मेलनबाट नयाँ गोकर्णेश्वर नगर समिति गठन भएको छ । शनिबार देशै भरी आयोजना भएको नगर सम्मेलन अन्तर्गत गोकर्णेश्वर नगरपालिकामा भएको ऐतिहासिक दोश्रो नगर सम्मेलनले नयाँ नगर समिति गठन गरेको हो ।

पूर्व नगर अध्यक्ष समेत रहेका मान बहादुर तामाङको अध्यक्षतामा गठित नयाँ समितिमा उपाध्यक्षमा न्हुछे नारायण श्रेष्ठ, लाक्पा शेर्पा र मीन बहादुर घिमिरे रहेका छन् । यसैगरी सचिवमा गुरु प्रसाद धिताल, सहसचिवमा आङकाजी शेर्पा र कोषाध्यक्षमा संगिता घिमिरे रहेकी छिन् ।

६५  सदस्यीय नगर समिति सदस्यहरुमा हिक्मत थपलिया, उद्धव आचार्य, तीर्थ बहादुर तामाङ, ऋषि राज खत्री लगायत रहेका छन् । यसैगरी फ्रयाक्सन समितिमा पेम्बा गोले, छवि पाठक र शोनम शेर्पा चयन भएका छन् ।