आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

एमालेको बन्दसत्र सुरु हुन सकेन

गोकर्णेश्वर खबर१२ मंसिर २०७८, आईतवार १५:४१ मा प्रकाशित (२ साल अघि) ४६१ पाठक संख्या

काठमाडौं । चितवनको सौराहामा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्द शत्र आइतबार विहान १० बजेका लागि बोलाइएको भए पनि अझैसम्म सुरु हुन सकेको छैन ।

अधिकांश प्रतिनिधि बिहान १० बजे नै बन्दसत्रको हलमा पुगे पनि केन्द्रीय कमिटिको नाममा सहमति हुन नसके पछि बन्द शत्र सुरु हुन सकेको छैन । अध्यक्ष केपी शर्मा ओलीले आइतबार विहान १० बजे नै बन्दसत्रमा उपस्थित हुन आग्रह गरेका थिए ।

तर झण्डै ५ घण्टा कुर्दा पनि बन्दसत्र सुरु नभएपछि प्रतिनिधिहरु बन्द सत्र स्थलबाट बाहिर निस्किएका छन् । उनीहरुमा नेतृत्वमा कसरी सहमति होला भन्ने चासो छ ।

कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिएका अध्यक्ष केपी शर्मा ओली भने नेताहरुसँग छलफलमा छन् । पदाधिकारी र केन्द्रीय सदस्यको आकांक्षीहरु ओली बसेको होटलमा पुगेर उनीलाई भेट्ने क्रम पनि चलिरहेको छ ।