आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

सोविता मिजारलाई गोकर्णेश्वर ८ को कार्यवाहक वडा अध्यक्षको जिम्वेवारी

गोकर्णेश्वर खबर१२ मंसिर २०७८, आईतवार १३:२९ मा प्रकाशित (२ साल अघि) ३६३ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ को कार्यवाहक वडा अध्यक्षको जिम्वेवारी सोविता मिजारले पाएकी छिन् ।

वडा अध्यक्ष मनोज कुमार ढुंगानाले आईतबार एक दिनका लागी वडा सदस्य सोविता मिजारलाई कार्यवाहक वडा अध्यक्षको जिम्वेवारी दिएका हुन् ।

जिम्बेवारी लिए पछि वडामा बसेर काम गर्दा नयाँ अनुभव भएको भन्दै कार्यवाहक वडा अध्यक्ष सोविता मिजारले जनप्रतिनिधिको रुपमा वडा कार्यालयबाट स्थानीय जनताको काम गर्न पाउँदा खुसि लागेको बताईन् । उनले महिलालाई नेतृत्व विकास गर्न अवसर दिएकोमा वडा अध्यक्ष ढुंगानालाई धन्यवाद समेत व्यक्त गरिन् ।

वडा अध्यक्ष ढुंगानाले दलित महिला वडा सदस्यको रुपमा सोविता मिजारलाई प्राप्त जनमतको सम्मान गर्दै नेतृत्व विकासमा सहयोगी हुने सोचेर कार्यवाहक वडा अध्यक्षको जिम्वेवारी दिएको गोकर्णेश्वर खबरलाई बताए ।