आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

भावना ठकुरी कांग्रेसको काठमाडौं जिल्ला समिति सदस्यमा निविर्रोध

गोकर्णेश्वर खबर११ मंसिर २०७८, शनिबार २२:४७ मा प्रकाशित (२ साल अघि) ६३४ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं जिल्ला समिति सदस्यमा भावना ठकुरी निविर्रोध भएकी छिन् ।

आज कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं जिल्लामा उम्मेदवारहरुको मनोनयन क्रममा जिल्ला समिति सदस्यमा भावना ठकुरी निविर्रोध चयन भएकी हुन् ।

जिल्ला कार्य समितिमा प्रतक्ष्य महिला गोकर्णेश्वर नगरपालिका तर्फ निविरोध भई ठकुरी जिल्ला सदस्यमा फेरी चुनिएकी हुन् ।

एक जनाको मात्र प्रतिनिधित्व रहने प्रतक्ष्य महिला गोकर्णेश्वर नगरपालिका तर्फ सर्वसम्मत भई ठकुरीको मात्र उम्मेदवारी परे पछि उनी निविर्रोध भएकी हुन् ।

भावना ठकुरी १३ औं महाधिवेशनबाट पनि काठमाडौं जिल्ला समितिमा चुनिएकी थिईन् ।