आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

युवा नेता हरिबोल भण्डारीलाइ काठमाण्डौ क्षेत्र नं ३ मा सबैभन्दा धेरै मत

गोकर्णेश्वर खबर१० मंसिर २०७८, शुक्रबार १५:०१ मा प्रकाशित (२ साल अघि) ५४२ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता हरिबोल भण्डारीले काठमाडौं क्षेत्र नं ३ को नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सबैभन्दा धेरै मत प्राप्त गरेका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी भण्डारीले कुल खसेको ३ सय ६६ मत मध्ये २ सय ३८ मत पाएका थिए ।

नेपाली कांग्रेसका महासमिति सदस्य तथा गैर आवासीय नेपाली संघको अन्तराष्ट्रीय समन्वय परिषदका सल्लाहकार समेत रहेका भण्डारी समाजसेवामा समेत सक्रिय रहेका छन् । उनले प्राकृतिक प्रकोपको समयमा पिडितहरुलाई सहयोग गर्दै आएका छन् भनें गम्भिर विरामीहरुका लागि पनि सहयोग गरेका छन् ।

विद्यार्थी जीवनबाट राजनीतिमा सक्रिय भण्डारी नेपाल र अमेरिकामा व्यापार व्यवसायमा संलग्न छन् । उनले १३ औं महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका थिए ।

समाज विकासका लागि राजनीतिक संस्कार राम्रो हुनु पर्ने मान्यता राख्नु हुने भण्डारी समाज विकासमा योगदान दिन राजनीतिमा सक्रिय भएको बताउँछन् । उनले फेरी कांग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।