आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

चौथो चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल आजबाट शुरु हुने

गोकर्णेश्वर खबर९ मंसिर २०७८, बिहीबार ०८:५६ मा प्रकाशित (२ साल अघि) ४८० पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर नगरपालिको सहकार्यमा छहारी युवा क्लब द्वारा आयोजना हुँदै आएको चौथो चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबलको चौथो प्रतियोगिता आजबाट शुरु हुने भएको छ । प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकामा रहेका बिद्यालयका छात्रहरु सहभागी हुन पाउने  छन् ।

प्रतियोगिता गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा रहेको नेपालय इङ्गलिस पब्लिक स्कुल प्राङ्गणमा हुनेछ । खेल आज विहान १० बजेबाट संचालन हुने छ ।

प्रतियोगितामा विभिन्न बिद्यालयका २५ वटा टिमले सहभागिता जनाएको बुधबार खेल तालिका सार्वजनिक कार्यक्रममा संयोजक संगम श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतियोगिता बिजेताले नगद रु २५ हजार र प्रमाण पत्र सहति ट्रफी र मेडल प्राप्त गर्नेछ भने उप बिजेताले नगद रु १० हजार र प्रमाण पत्र सहति ट्रफी र मेडल प्राप्त गर्नेछ ।

तृतीय हुने टिमले नगद रु ५ हजार र प्रमाण पत्र सहति ट्रफी र मेडल प्राप्त गर्नेछ । आयोजकका अनुसार उत्कृष्ट खेलाडी, गोल रक्षक र सर्वाधिक गोलकर्तालाइ पनि ट्रफी प्रदान गरिने छ ।