आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

काठमाडौं क्षेत्र नं. ३ मा ४० मत खसे पछि मतदान स्थगित, भोली फेरी मतदान हुने

गोकर्णेश्वर खबर६ मंसिर २०७८, सोमबार २२:५० मा प्रकाशित (२ साल अघि) २९४ पाठक संख्या

मंसिर ६, काठमाडौं । काठमाडौं क्षेत्र नं. ३ को मतदान शुरु भए पछि भएको विवादले मतदान स्थगित भएको छ ।

बेलुका ढिलो गरी शुरु भएको मतदान शुरु भए पछि दिपेन्द्र लामा समुहले हस्ताक्षर सहितको मतपत्र बाहिरिएको आरोप लगाउँदै मतदान प्रक्रिया स्थगन गर्न चर्को नाराबाजी गरे पछि करिब ४० जनाले मतदान गरे पछि मतदान प्रक्रिया स्थगित भएको हो ।

निर्वाचन अधिकृतको हस्ताक्षरमा जारी गरिएको सूचनामा दुबै पक्षको सहमतीमा भोली ७ गते निर्वाचन सम्पन्न गर्ने बताईएको छ ।

काठमाडौं क्षेत्र नं. ३ का वर्तमान सभापति सन्तोष चालिसेले प्रमाण विना चर्को नारावाजीको भरमा शुरु भएको मतदान प्रक्रिया स्थगन नगर्ने अडान लिए पनि विवाद बढ्दै गए पछि निर्वाचन अधिकृत सन्तोष पण्डित, प्रतिनिधि दिपेन्द्र लामा, प्रतिनिधि सन्तोष चालिसे, सुरक्षाकर्मी लगायतको रोहबरमा खसेको मत नष्ट गर्ने गरी सहमति भएको छ ।

काठमाडौं क्षेत्र नं. ३ मा वर्तमान क्षेत्रीय सभापति सन्तोष चालिसे र कामपा वडा नं. ६ का वडा अध्यक्ष दिपेन्द्र लामा प्यानल बनाएर क्षेत्रीय निर्वाचनको प्रतिश्पर्धामा रहेका छन् ।