आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

कान्ति भैरव माविका विद्यार्थीलाई मासिक १०० अभियानको छात्रवृत्ति वितरण

गोकर्णेश्वर खबर६ मंसिर २०७८, सोमबार २२:२५ मा प्रकाशित (२ साल अघि) ४६० पाठक संख्या

काठमाडौं । मासिक १०० अभियान नेपालले ७ जना बाल बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । सोमबार थलि स्थित कान्ति भैरव मा.वि. का ७ जना बालबालिकालाई छात्रवृत्ति दिएको हो । संस्थाले छात्रवृत्ति वापत रु २० हजार २५ सहयोग गरेको छ ।

छात्रवृत्ति वितरण कार्यक्रममा अध्यक्ष सञ्जय पोखरेलले ७ जना छात्र/छात्रालाई कक्षा १० सम्म सहयोगलाई निरन्तरता दिने घोषणा गरेका छन् । कार्यक्रममा सञ्चालक समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

अध्यक्ष पोखरेलले विद्यार्थी भाइ बहिनिहरुलाई असल मान्छे बनेर, सक्षम र योग्य नागरिक बनेर समाजको लागि केही योगदान गर्ने व्यक्ति बन्न आग्रह गर्दै उनीहरुको उज्ज्वल भविष्यको कामना समेत गरेका छन् ।