आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

पहिलो रत्न लाल स्मृति अन्तर विद्यालय फुटसल प्रतियोगिता २० मंसिरबाट हुने

गोकर्णेश्वर खबर१ मंसिर २०७८, बुधबार १३:४८ मा प्रकाशित (२ साल अघि) ३५६ पाठक संख्या

काठमाडौं । पहिलो रत्न लाल स्मृति अन्तर विद्यालय फुटसल प्रतियोगिता २०७८ हुने भएको छ । प्रतियोगिता मंसिर २० गतेदेखि २४ गतेसम्म सञ्चालन हुने आयोजकले बताएका छन् ।

गोकर्णेश्वर वडा नं. ८ स्थित गोकर्णेश्वर फुटसल एण्ड फिटनेस क्लबमा सञ्चालन हुने प्रतियोगीतामा विजेता टिमले नगदका साथै ट्रफी, मेडल र सर्टिफिकेट पाउने छन् ।

पहिलो विजेताले नगद रु ५० हजार सहित ट्रफी, मेडल र सर्टिफिकेट पाउने छ भनें उपविजेताले नगद रु २५ हजार सहित ट्रफी, मेडल र सर्टिफिकेट पाउने छ ।