आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

महाधिवेशन प्रतिनिधिमा कुमारराज सुवेदीले उम्मेदवारी दिने

गोकर्णेश्वर खबर३० कार्तिक २०७८, मंगलवार ०८:५४ मा प्रकाशित (२ साल अघि) ४६८ पाठक संख्या

काठमाडौं । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ का क्षेत्रीय प्रतिनिधी कुमारराज सुवेदीले महाधिवेशन प्रतिनिधि (खुला तर्फ) मा उम्मेद्वारी दिने भएका छन् ।

पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आगामी मंसीर ६ गते हुन लागेको क्षेत्रीय अधिवेशनमा गोकर्णेश्वर नगरपालिका ५ जोरपाटी निवासी कांग्रेसका युवा नेता सुवेदीले महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

२०४६ सालदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका सुवेदीले तत्कालीन जोरपाटी इकाईको पहिलो निर्वाचित सभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

लायन्स अभियानबाट समाजसेवामा निरन्तर सक्रिय सुवेदी नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्ष सहित अन्य थुप्रै सामाजिक संघ संस्थाहरूमा पनि आबद्ध छन् ।

नेपाली कांग्रेस पार्टीको निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको विज्ञ सदस्य समेत रहेका सुवेदी विश्वको सबैभन्दा ठूलो स्वयंसेवी संस्था लायन्स क्लब इन्टरनेशनल नेपालको डिस्ट्रिक्ट गभर्नर रहिसकेका छन् । सुवेदीले मानवअधिकार तथा शान्ति समाजको केन्द्रीय महासचिवको समेत जिम्वेवारी निर्वाह गरिसकेका छन् ।