आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

काठमाडौं क्षेत्र नं. ३ प्रदेश (ख) सभापतिमा विमल ठकुरीसहितका उम्मेदवारको टिम घोषणा

गोकर्णेश्वर खबर२९ कार्तिक २०७८, सोमबार ११:५३ मा प्रकाशित (२ साल अघि) ४२१ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश (ख) को सभापतिमा विमल ठकुरीसहित प्रदेश पदाधिकारीका उम्मेदवार टिमको घोषणा भएको छ ।

प्रदेश अधिवेशन नजिक आउँदै गर्दा नेताहरुले धमाधम आ–आफ्नो उम्मेदवारी दावि र टिम घोषणा गरिरहेका छन् ।

काठमाडौं क्षेत्र नं. ३ प्रदेश (ख) को सभापतिमा विमल ठकुरीको टिमबाट प्रदेश उप–सभापतिमा प्रद्युम्न खड्का र बच्चुराम शर्मा कुईकेल, प्रदेश सचिवमा जयराम महत र सनातन अर्याल तथा प्रदेश सह–सचिवमा इन्दिरा दाहाल र प्रल्हाद थापाले उम्मेदवारी दिने भएका छन् ।