आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

क्षेत्र नं. ३ सभापतिमा दिपेन्द्र लामासहित पदाधिकारी टिम घोषणा, सचिवमा मनोज कुमार ढुंगानाको उम्मेदवारी

गोकर्णेश्वर खबर२९ कार्तिक २०७८, सोमबार ११:३० मा प्रकाशित (२ साल अघि) ४२४ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ को सभापतिमा दिपेन्द्र लामासहित पदाधिकारी टिमको घोषणा भएको छ ।

क्षेत्रीय अधिवेशन नजिक आउँदै गर्दा नेताहरुले धमाधम आ–आफ्नो उम्मेदवारी दावि र टिम घोषणा गरिरहेका छन् ।

काठमाडौं क्षेत्र नं. ३ को सभापतिका उम्मेदवार दिपेन्द्र लामाको टिमबाट क्षेत्रीय सचिवमा मनोज कुमार ढुंगाना र दिनेश अर्याल तथा सह सचिवमा प्रेम प्रसाद श्रेष्ठ र श्री बहादुर योगीले उम्मेदवारी दिने भएका छन् ।