FLASH NEWS
आज: १५ मंसिर २०७८, बुधबार | Wed, 01, Dec, 2021 Gokarneshwor TV HD

चौथो चक्रबहादुर स्मृति फुटबल प्रतियोगिताको टाई सिट ड्र मंसिर ८ गते हुने

गोकर्णेश्वर खबर२७ कार्तिक २०७८, शनिबार २२:२७ मा प्रकाशित (२ हफ्ता अघि) २१ पाठक संख्या

काठमाडौं । चौथो चक्रबहादुर स्मृति फुटबल प्रतियोगिता हुने भएको छ । गोकर्णेश्वर नगरपालिका वडा न. ८ बेशीगाउँस्थित छहारी युवा क्लबको आयोजनामा चौथो चक्रबहादुर स्मृति फुटबल प्रतियोगिता २०७८ हुने भएको हो ।

छहारी युवा क्लबले प्रतियोगिताको बारेमा जानकारी दिंदै मंसिर ८ गते खेलको टाई सिट ड्र हुने जानकारी दिएको छ । खेलको टाई सिट ड्र दिउँसो ३ बजे नेपालय इङलिस पब्लिक स्कुलको सभा हलमा हुनेछ ।

आयोजकका अनुसार खेलाडी दर्ता मंसिर ७ गते भित्र गरिसक्नु पर्नेछ । खेलमा १० कक्षासम्मका विद्यार्थीहरुले भाग लिन पाउने छन् भनें खेल फिफाको नियम अनुसार खेलाईनेछ ।