आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्णेश्वरमा ‘तेस्रो मुवाँथाई बेल्ट फाईट खेल प्रतियोगिता’ हुने

गोकर्णेश्वर खबर२७ कार्तिक २०७८, शनिबार १८:३१ मा प्रकाशित (२ साल अघि) ७३९ पाठक संख्या

२७ कार्तिक, काठमाण्डौं । गोकर्णेश्वर मुवाँथाई नगर कमिटिको आयोजनामा तेस्रो मुवाँथाई बेल्ट फाईट खेल प्रतियोगिता गराउने भएको छ ।

शनिबार गोकर्णेश्वर ८ अत्तरखेल स्थित हिमालयन किचेनमा पत्रकार सम्मेलन गर्दै आगामी मंसिर ८ गते बुधबारका दिन गोकर्णेश्वर ९ स्थित शंखडोल कभर्ड हलमा राष्ट्रिय स्तरमा खेलप्रतियोगिता गराउने गोकर्णेश्वर मुवाँथाई नगर कमिटीका अध्यक्ष सानुकान्छा श्रेष्ठले प्रेस विज्ञप्ती मार्फत जनाएका छन् ।

यो खेल ३ वाट विधा गरी खेल्ने एक खेल फुल कन्ट्याक खेल भएको पनि उहाँले बताए । खेल एम्वीयुचर,सेमी प्रो र प्रोफेशनल गरि तीन चरणमा खेलाउने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

खेल हरेक राउण्ड तीन मिनेटको हुने र त्यस बीच खेलको दौडान १ मिनेटको विश्राम समय हुने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । यो खेल खेल्दा हात खुट्टा इल्वोउस,फिष्ट,नी र सिन्सको प्रयोग गरिन्छ ।

आगामी मंसिर ८ गते  हुन गइरहेको सो खेलमा २ जना महिला र २८ जना पुरुषले सहभागीता हुने आयोजकले जनाएको छ ।