आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

२९५ कोरोना संक्रमित थपिए, २ को मृत्यु

गोकर्णेश्वर खबर२७ कार्तिक २०७८, शनिबार १६:३९ मा प्रकाशित (२ साल अघि) ४४० पाठक संख्या

काठमाडौ‌–नेपालमा पछिल्लो २४ घण्टामा २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार २२५ जनाको पीसीआर परीक्षणमा २६० र ३ हजार १८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ४७८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।