आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

बिद्युत आपुर्तिको समस्या छिटै समाधान हुन्छ : कुलमान घिसिङ

गोकर्णेश्वर खबर२७ कार्तिक २०७८, शनिबार १६:१३ मा प्रकाशित (२ साल अघि) ११५ पाठक संख्या

काठमाडौं । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिद्युत आपुर्तिको समस्या छिटै समाधान हुने बताएका छन् ।

शनिवार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै घिसिङले विद्युत प्रशारण लाइन तथा सव स्टेशनहरुको समस्याका कारण अहिले देखिएको विद्युत आपूर्तिलाई छिट्टै समाधान गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन लागेको बताएका हुन् ।

उनले उत्पादन भएका विद्युतलाई सकेसम्म नेपालभित्रै खपत गर्ने बताउदै उद्योगहरुले मागे जति विद्युत उपलब्ध गराइने बताए । त्यस्तै उनले उद्योग, विद्युतीय सवारीको प्रयोग तथा खाना पकाउनका लागि इन्डक्सन चुल्होको प्रयोगलाई प्रोत्साहन गर्ने गरी शुल्कमा समेत छुटका व्यवस्थालाई जोड दिने बताए ।

घिसिङले सवस्टेसन निर्माण र केही ट्रान्समिसन लाईन विस्तार भइरहेकाले अहिले परिक्षण स्वरुप भारतमा विद्युत बिक्री गरिएको बताए ।

घिसिङले विद्युत विस्तार तथा संरचना निर्माणमा ऐन,कानून नै बाधक भएकोले काम गर्न समस्या हुनुका साथै लागत समेत वृद्धि हुने देखिएको धारणा पनि राखे ।