आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

प्रचण्ड मेडिसिटी अस्पताल भर्ना

गोकर्णेश्वर खबर२७ कार्तिक २०७८, शनिबार १६:०५ मा प्रकाशित (२ साल अघि) १३८ पाठक संख्या

काठमाडौँ– सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् ।

बिहानदेखि स्वास्थ्यमा समस्या आएपछि उनी मेडिसिटी अस्पताल भर्ना भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि महोत्तरी जाने कार्यक्रम स्थगित गरी घरमै आराम गरेका उनी चेकजाँचका लागि अस्पताल गएका हुन् ।

एक्कासी रक्तचाप बढेपछि उनी बिहानदेखि चिकित्सकको निगरानीमा घरमै आराममा थिए । रक्तचाप नियन्त्रणमा नआएपछि थप चेकजाँच गर्न अस्पताल लगिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।