आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

गोकर्णेश्वर ४ मा प्रथम लियो वडा फुटसल कप हुने

गोकर्णेश्वर खबर२२ कार्तिक २०७८, सोमबार १०:४६ मा प्रकाशित (२ साल अघि) ५०७ पाठक संख्या

काठमाडौं । लियो क्लब अफ काठमाडौं गोकर्णेश्वरको आयोजनामा प्रथम लियो वडा फुटसल कप हुने भएको छ ।

कार्तिक २४ गते देखि २८ गतेसम्म आयोजना गरिने प्रतियोगिता मनकामना फुटसल माकलबारीमा हुनेछ । वडा फुटसल कप प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का खेलाडी र टिमले मात्र भाग लिन पाउनेछन् ।

लियो वडा फुटसल कप विजेताले रु ३० हजार र उपविजेताले १५ हजार राशीको पुरस्कार पाउने छन् ।