आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

काठमाडौं गुह्येश्वरी–गौरीघाटस्थित वागमती किनारमा छठघाट निर्माण हुँदै (फोटो फिचर)

गोकर्णेश्वर खबर२१ कार्तिक २०७८, आईतवार २०:०० मा प्रकाशित (२ साल अघि) १७३ पाठक संख्या

काठमाडौ. । राजधानीलगायत तराईका जिल्लामा छठको तयारी शुरु भएको छ । पशुपति क्षेत्रस्थित गुह्येश्वरी–गौरीघाटको वागमती किनारमा पनि छठघाट निर्माण शुरु भएको छ ।

यसपटक कात्तिक २४ र २५ गते छठ पर्व मनाइँदैछ । छठमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर नदी तथा तलाउ किनारमा बसी भजनकिर्तन गरिन्छ । भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अघ्र्य दिएपछि व्रत समापन हुन्छ ।

गुह्येश्वरी गौरीघाटको वागमती किनारमा सरसफाइका साथै माटो सम्याउनेलगायत काम भइरहेको छ । गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षकरूपमा छठ पूजास्थल निर्माण भइरहेको छ ।