आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय सदस्यमा फुर्साङ लामा तामाङ मनोनित

गोकर्णेश्वर खबर२० कार्तिक २०७८, शनिबार २१:२० मा प्रकाशित (२ साल अघि) १८७ पाठक संख्या

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय सदस्यमा फुर्साङ लामा तामाङ मनोनित भएका छन् ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल आदिवासी जनजाति संघका गोकर्णेश्वर वडा नं. ८ सभापति समेत रहेका लामा समाजसेवामा समेत सक्रिय रहँदै आएका छन् । उनी आरुबारी युवा क्लबका अध्यक्ष समेत हुन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघको विधान बमोजिम केन्द्रीय कार्य समितिको निर्णयले उनलाई केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको मनोनयन पत्रमा उल्लेख गरिएको छ ।