आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

राष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई लगाइदिइन भाइटीका (फोटोफिचर)

गोकर्णेश्वर खबर२० कार्तिक २०७८, शनिबार १९:४३ मा प्रकाशित (२ साल अघि) ३८४ पाठक संख्या

काठमाडौँ– आज भाइटीका। दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ।

यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि भाइ डेगेन्द्र पाण्डेलाई भाडटीका लगाइदिएकी छिन्। उनले ११ बजेर २ मिनेटको शुभ साइतमा भाइलाई सप्तरंगी टीका र माला लगाइदिएकी हुन्।
राष्ट्रपति भण्डारीले शनिबार राष्ट्रपति निवासमा पाण्डेको हातबाट भाइटीका समेत ग्रहण गरेकी छिन्।

तस्वीर: रासस