आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

मधुसुदन सिग्देल फोकस नेपालको विशेष सेवा सम्मानबाट सम्मानित

गोकर्णेश्वर खबर१७ कार्तिक २०७८, बुधबार २३:३६ मा प्रकाशित (२ साल अघि) ६४७ पाठक संख्या

काठमाडौं । युवा व्यवसायी तथा समाजसेवी मधुसुदन सिग्देललाई फोकस नेपालले सम्मान गरेको छ ।

फोकस नेपालले अटो एभ प्रा.लि.का प्रबन्ध निर्देशक समेत रहेका सिग्देललाई अटोमोबाइल्स तथा सामाजिक सेवाको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै विशेष सम्मान २०७८ ले सम्मान गरेको हो ।

मंगलबार राष्ट्रिय नाच घरमा आयोजित एक कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सम्मानित व्यक्तिहरुलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् । दिपावलीको अवसरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

सिग्देलले सम्मानले व्यवसायिक तथा समाज विकासको क्षेत्रमा कार्य गर्न अझै धेरै हौसला थपिएको गोकर्णेश्वर खबरलाई बताए ।