आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

प्रधानन्यायाधीश जबराको समर्थनमा प्रदर्शन तथा नाटक मञ्चन (फोटो फिचर)

गोकर्णेश्वर खबर१४ कार्तिक २०७८, आईतवार २२:३० मा प्रकाशित (२ साल अघि) १८७ पाठक संख्या

काठमाडौं । माइतीघर मण्डलामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थनमा प्रदर्शन तथा नाटक मञ्चन भएको छ ।

राजनीतिक लाभका गतिविधिमा सहभागी भएको आरोप लागेर विवादित भएका प्रधानन्यायाधीश राणाको विपक्षमा न्यायीक क्षेत्रका साथै राजनीतिक क्षेत्रबाट समेत राजीनामा दिन व्यापक दवाव आई÷हेको समयमा राणाको समर्थनमा आज माईतिघर मण्डलामा प्रदर्शन भएको हो ।
प्रन्या चोलेन्द्र समसेरको समर्थनमा आज माइतीघरमा प्रदर्शन भएको छ । न्यायाधीशलाई काम गर्न दिऊ भन्दै सडक कलाकारहरुले आज प्रदर्शन गर्दै सडक नाटक समेत मन्चन गरेका थिए । प्रदर्शनमा प्रदर्शनकारीले न्यायाधीश र प्रन्याको समर्थन झल्कने प्लेकार्डहरु समेत बोकेका थिए ।