आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

गोकर्णेश्वर ८ इकाईको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर१३ कार्तिक २०७८, शनिबार २३:०६ मा प्रकाशित (२ साल अघि) २१८ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. ८ इकाईले आयोजना गरेको विभिन्न चाडपर्वको शुभकामना आदानप्रदान तथा क्रियाशिलहरुलाई धन्यवाद र नयाँ निर्वाचित क्षेत्रीय प्रतिनिधीहरुलाई बधाई कार्यक्रम सम्पन्न भएको छ ।

आज वडा नं. ८ स्थित ओसिस पार्टि प्यालेसमा भएको कार्यक्रम नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का इकाई सभापति लक्ष्मण चौंलागाईको सभापतित्व तथा नेपाली कांग्रेसका महासमिति सदस्य विमल ठकुरीको प्रमुख आतिथ्यता तथा गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मनोजकुमार ढुंगानाको विशेष आतिथ्यतामा भएको थियो ।

कार्यक्रमलाई प्रमुख अतिथी विमल ठकुरी, विशेष अतिथी मनोज ढुंगाना, काठमाडौं जिल्ला सदस्य भावना ठकुरी, नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. ८ इकाईका सभापतिका प्रत्यासी नन्दलाल श्रेष्ठ, क्षेत्रीय प्रतिनिधि राजेश अधिकारी, क्षेत्रीय प्रतिनिधि मुक्तिनाथ डोटेल लगायतले सम्बोधन गर्दै पार्टिलाई आउने सबै चुनावमा जिताउन एकढिक्का भएर काम गर्न आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस गोनपा ८ इकाई समितिका निवर्तमान सभापति मनोज कुमार ढुंगानाले बर्तमन सभापति लक्ष्यमण चौलागाईंलाई मैनोट हस्तान्तरण गरि बधाई तथा शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नेपाली कांग्रेसका नेता कार्यकर्ता तथा वडा नं. ८ का क्रियाशिलहरुको उल्लेख्य सहभागिता रहेको थियो ।