आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

हिन्दु स्वयंसेवक संघ काठमाडौंको सात दिवसिय प्राथमिक शिक्षा वर्ग सम्पन्न

गोकर्णेश्वर खबर१२ कार्तिक २०७८, शुक्रबार १६:१० मा प्रकाशित (२ साल अघि) ६३० पाठक संख्या

काठमाडौँ । हिन्दु स्वयंसेवक संघ काठमाडौं सम्भागको सात दिवसिय प्राथमिक शिक्षा वर्ग आज सम्पन्न भएको छ ।

यही कात्तिक ५ गते देखि १२ गते सम्म काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका शिवचोक स्थित श्री रामजानकी शिव पाञ्चायन मन्दिरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका ३० जना युवा विद्यार्थी र बालकहरूलाई सहभागी गराई सात दिवसिय प्रशिक्षण वर्ग संचालन गरेको छ ।

संघले युवा र बालकहरूलाई उनिहरूलाई शारिरीक, मानसिक, बैचारिक रूपमा सशत्त बनाउने, देशको मुल धर्म संस्कार, संस्कृतिको ज्ञान सिकाउने र त्यसको संरक्षण गर्नका लागि एक असल नैतिकवान, चरित्रवान, इमान्दार व्यत्ति निर्माण गर्ने कार्य हेतुले सात दिवसिय प्रथमिक शिक्षा वर्ग संचालन गरेको छ।

सात दिन सम्म संचालन गरिएको वर्गमा युवा र बालकहरूलाई शारीरिक रूपमा योग अभ्यास , सुर्य नमस्कार , नियुद्व, सामुहिक समता, दणड अभ्यास र विविध खेलहरू सिकाईएको थियोे । साथै उनिहरूलाई विहान ५ बजे देखि बेलुका १० बजे सम्मको दिन चर्या र समय तालिका निर्माण गरेर प्रशिक्षण प्रदान गरिएको हिन्दु स्वयंसेवक संघले जनाएको छ ।

कार्यक्रमको समापन सत्रमा हिन्दु स्वयम सेवक संघका काठमाडौं सम्भागका संघचालक सोम पाण्डे, श्री रामजानकी शिव पाञ्चायन मन्दिर संचालन समितिका अध्यक्ष हरिकृष्ण पुडासैनी, कागेश्वरी मनहरा नगरपालिकाका उपमेयर विन्दु पुडासैनी , काठमाडौं महानगर कार्यवाहक महेश सिंह, राष्ट्रिय सह बौद्विक प्रमुख कृष्ण आचार्य, विद्यार्थी परिषद्का राष्ट्रिय मिडिया प्रमुख कृष्ण प्रसाद हुमागाई, संघका काठमाडौं सम्मभागका शारीरिक प्रमुख सानुकाजि नगरकोटि, संघका प्रचारक सुरज अवस्थी। विश्व हिन्दु परिषद्का संगठन सचिव प्रलाद कुमार रेग्मी, महासचिव जितेन्द्र सिङ, संचारकर्मी रविराज रिमाल लगायत संघका स्वयंसेवकहरू र समाजका महत्त्वपूर्ण सामाजिक व्यत्तीहरूको उपस्थिति रहेको थियोे ।

कार्यक्रमको समापन सत्रमा मुख्य वत्ताको रूपमा सोम पाण्डेले संघ के हो रु, संघको स्थापना ,यसको कार्य कसरी भईरहेको र हिन्दुत्वको महत्त्व र यसमाथि भएको आक्रमणको बारेमा महत्त्वपूर्ण विषयबस्तुहरू व्यत्त गर्नु भएको थियोे ।

त्यसैगरी कागेश्वरी नगरका उप प्रमुख विन्दु पुडासैनीले हाम्रो राष्ट्र सनातन धर्म संस्कृतिको हिन्दु राष्ट्र रहेको र आफू पनि हिन्दु नै भएकोले मन्दिर देख्ने वित्तिको शिर स्वभाविक रूपमा झुक्ने गरेको कुरा बताउनु भयो भने हाम्रो नेपालको जुन सुकै ठाउँ उत्खनन हुँदा पनि अल्ला र इसाईको मुर्ति नभेटिई जता पनि हुन्दु देवि देवताको नै मुर्ति र अवशेषहरू भेटिएको कुरा प्रष्ट पार्दै आफू सधैं हिन्दुहरूको पक्षमा रहेको कुरा प्रष्ट पार्नु भएको थियोे । (कृष्ण प्रसाद हुमागाई)