आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

मजदुर विशेष पालिका अधिवेशनबाट गोकर्णेश्वरमा राजकुमार श्रेष्ठ अध्यक्ष चयन

गोकर्णेश्वर खबर१२ कार्तिक २०७८, शुक्रबार १०:३१ मा प्रकाशित (२ साल अघि) ५०९ पाठक संख्या

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भातृ संगठन मजदुर संगठनको गोकर्णेश्वर नगरपालिकाको अधिवेशनबाट राजकुमार श्रेष्ठ सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका छन् ।

कार्तिक ९ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले देश व्यापी रूपमा आयोजना गरेको अधिवेशन अन्तर्गत गोकर्णेश्वर नगरपालिकामा सम्पन्न मजदुर विशेष पालिका अधिवेशनबाट अध्यक्ष सहित २२ जनाको कमिटी सर्वसम्मत रूपमा चयन गरिएको हो ।

सोही दिन नवगठित कमिटीका पदाधिकारीहरुलाई नेकपा एमाले केन्द्रिय सदस्य तथा उपत्यका विशेष प्रदेश संगठन कमिटी अध्यक्ष सुजिता शाक्यले सपथ गराएका छन् । नवगठित कमिटिमा अध्यक्ष राजकुमार श्रेष्ठ, उपाध्यक्ष रामजि श्रेष्ठ, सचिब सञ्जय आचार्य, सह सचिव शारदा धिमाल र बिष्णु ढकाल लगायत रहेका छन् ।

मजदुर विशेष पालिका अधिवेशन नेकपा एमाले गोकर्णेश्वर नगरपालिका वडा ८ को पार्टी कार्यालय भवनमा सम्पन्न भएको थियो ।