आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थनमा प्रदर्शन (फोटो फिचर)

गोकर्णेश्वर खबर११ कार्तिक २०७८, बिहीबार १८:४५ मा प्रकाशित (२ साल अघि) १२५ पाठक संख्या

काठमाडौं । आफुलाइ कानूनका विद्यार्थी बताउने समुहले आज माइतीघरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थनमा प्रदर्शन गरेका छन् ।

राजनीतिक लाभका गतिविधिमा सहभागी भएको आरोप लागेर विवादित भएका प्रधानन्यायाधीश राणाको विपक्षमा न्यायीक क्षेत्रका साथै राजनीतिक क्षेत्रका व्यक्तिहरुबाट समेत राजीनामा दिन व्यापक दवाव दिईरहेको समयमा राणाको समर्थनमा प्रदर्शन भएको छ ।

बिहिबार माईतीघर मण्डलामा आफुलाइ कानूनका विद्यार्थी बताउने समुहले इजलास निर्वाद सञ्चालन हुनु पर्ने, इजलास नचल्दा जनताले न्याय पाउन नसकेका सन्दर्भहरुलाई जोडेर प्रधानन्यायाधीश राणाको पक्षमा प्लेकार्डहरु बोकेका थिए ।