आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

कांग्रेस निर्वाचन समितिको प्रस्ताव : १४ औं महाधिवेशन २७ मंसिरदेखि

गोकर्णेश्वर खबर१० कार्तिक २०७८, बुधबार २१:०८ मा प्रकाशित (२ साल अघि) ७६४ पाठक संख्या

काठमाडौँ– नेपाली कांग्रेसको मंसिर ९ देखि १३ गतेसम्म गर्ने भनिएको महाधिवेशन सर्ने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले महधिवेशनलगायत स्थानीयदेखि प्रदेश अधिवेशनसम्मको कार्यतालिका परिवर्तन गर्न प्रस्ताव गरेको छ ।

निर्वाचन समितिले महधिवेशन आगामी मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्न प्रस्ताव गरेको निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए । उनले खबरहबसँग भने, ‘केही जिल्लामा वडा अधिवेशनसमेत हुन नसकेकाले ती सबै अधिवेशन नगरी महाधिवेशन नहुने भएकाले महाधिवेशनको नयाँ मिति प्रस्ताव गरिएको हो ।’

उनका अनुसार बाँकी रहेका वडा अधिबेशन कात्तिक २७ गते, स्थानीय तह अधिवेशन कात्तिक ३० गते, प्रदेश निर्वाचन क्षेत्र अधिवेशन मंसिर ३ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मंसिर ६ गते, जिल्ला अधिवेशन मंसिर १०, प्रेदेश मंसिर १६ र १७ मा र महाधिवेशन मंसिर २७ देखि २९ गर्ने कार्यतालिका प्रस्ताव गरिएको छ ।

मंगलबार भएको पदाधिकारी बैठककले निर्वाचन समितिलाई महाधिवेशन कार्यतालिकाको प्रस्ताव ल्याउन निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार समितिले कार्यतालिका प्रस्ताव गरेको हो ।