आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

२० महिना पछि पहिलो चरणमा ४८ नेपाली कोरिया जाँदै (फोटो फिचर)

गोकर्णेश्वर खबर१० कार्तिक २०७८, बुधबार १९:५४ मा प्रकाशित (२ साल अघि) ३४९ पाठक संख्या

काठमाडौं । ईपीएस पास गरेर लामो समयदेखि रोकिएको दक्षिण कोरिया जाने प्रक्रिया खुलेपछि नेपाली कामदार दक्षिण कोरिया जान पाएका छन् ।

बीस महिनापछि बुधबार पहिलो चरणमा ४८ श्रमिक कोरिया गएका हुन् । कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार जान पाएका थिएनन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार कोरोना महामारी कम भएसँगै त्यसतर्फ जान लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

४८ जना कमिटेड कामदार आज बुधवार कोरिया उडेको वैदेशिक रोजगार विभागले जनाएको छ ।