आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

समाजसेवी शान्ता कुमारी तामाङबाट थुनुवाहरुका लागि ब्लाङ्केट हस्तान्तरण

गोकर्णेश्वर खबर८ कार्तिक २०७८, सोमबार २३:०६ मा प्रकाशित (२ साल अघि) ५७५ पाठक संख्या

काठमाडौं, ८ कार्तिक । समाजसेवी शान्ता कुमारी तामाङले महानगरीय प्रहरी वृत्त दरबारमार्गमा न्यायिक हिरासतमा रहेका थुनुवाहरुका लागि लाई ब्लाङ्केट हस्तान्तरण गरेकी छिन् ।

समाजसेवी, व्यवसायी, राजनीतिकर्मी तथा कलाकारीताका क्षेत्रमा सक्रिय तामाङले काठमाडौंमा जाडो बढिरहेको समयमा न्यायिक हिरासतमा रहेका थुनुवाहरुका लागि ब्लाङ्केट हस्तान्तरण गरेकी हुन् ।

आज सोमबार तामाङले महानगरीय प्रहरी वृत्त दरबारमार्ग काठमाडौंका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक रामेश्वर पौडेललाई ब्लाङ्केट हस्तान्तरण गरिन् ।
समाजसेवाको क्षेत्रमा विशेष कार्य गर्दै आउनु भएका तामाङले काठमाडौंमा चिसो बढीरहेकोले न्यायिक हिरासतमा रहेका थुनुवाहरुलाई चिसोबाट जोगिन सजिलो होस् भन्ने उदेश्यले ब्लाङ्केट सहयोग गरेको बताईन् ।

तामाङ समाजसेवाका विभिन्न क्षेत्रका साथै नेपाली कांग्रेस पार्टीसँग आबद्ध भएर राजनीतिमा समेत क्रियाशिल छिन् ।