आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

इन्डोनेसियाका पूर्वराष्ट्रपतिकी छोरीले इस्लाम धर्म त्यागेर हिन्दु धर्म लिने

गोकर्णेश्वर खबर८ कार्तिक २०७८, सोमबार ०८:३८ मा प्रकाशित (२ साल अघि) २३० पाठक संख्या

काठमाडौं । इन्डोनेसियाका पूर्वराष्ट्रपति सुकार्नोकी छोरी सुक्मावती सुकार्नोपुत्रीले इस्लाम धर्मबाट हिन्दू धर्ममा रुपान्तरित हुने भएकी छिन् । सिएनएनका अनुसार उनी आगामी अक्टोबर २६ मा इस्लाम धर्मबाट हिन्दू धर्ममा रुपान्तरित हुने भएकी हुन् ।

सुक्मावती सुकार्नोपुत्रीलाई हिन्दु धर्मको व्यापक जानकारी रहेको र उनको धर्म परिवर्तनको औपचारिक कार्यक्रम बालीस्थित सुकार्नो सेन्टर हेरिटेजमा हुने छ ।

७० वर्षीया सुक्मावती सुकार्नोकी तेस्री छोरी हुन् भने इन्डोनेसियाकी पूर्वराष्ट्रपति मेगावती सुकार्नोपुत्रीकी बहिनी हुन् । सुक्मावतीकी बालिनी हजुरआमा इडा आयु न्योमन राई श्रीम्बेनले हिन्दु धर्म ग्रहण गर्ने उनको निर्णयलाई प्रभावित पार्न प्रमुख भूमिका खेलेको सिएनएनले जनाएको छ ।

उनी इन्डोनेसियन नेसनल पार्टी (पीएनआई) की संस्थापक हुन् ।