आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

टी-२० विश्वकपमा भारतमाथि पाकिस्तानको शानदार जीत

गोकर्णेश्वर खबर८ कार्तिक २०७८, सोमबार ००:०० मा प्रकाशित (२ साल अघि) २८७ पाठक संख्या

काठमाडौँ– यूएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले भारतमाथि ऐतिहासिक जित हात पारेको छ । दुबईमा भएको खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको जित हात पारेको छ । आईसीसी विश्वकपमा पाकिस्तानले पहिलो पटक भारतलाई पराजित गरेको हो ।

टस हारेपछि पहिला ब्याटिङको निम्तो पाएको भारतले ७ विकेटमा १५१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको पाकिस्तानले बिना क्षति १७ ओभर ५ बलमा विजयी रन बनायो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ६८ र रिजवान अन्सारीले ७८ रन बनाए ।

यसअघि भारतका लागि कप्तान विराट कोहलीले ५७ रन बनाएका थिए । पाकिस्तानका लाथि साहिन शाह अफ्रिदीले ३ विकेट र हसन अलीले २ विकेट लिएका थिए ।