आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

कौसी खेतीलाई प्रवद्धर्न गर्न १ सय ५५ जना कृषकलाई अनुदान वितरण

गोकर्णेश्वर खबर५ कार्तिक २०७८, शुक्रबार २१:२० मा प्रकाशित (२ साल अघि) ७२७ पाठक संख्या

काठमाडौ । गोकर्णेश्वर नगरपालिकाले कौशी खेतिका लागि अनुदान वितरण गरेको छ । गोकर्णेश्वर नगरपालिकाले कौसी खेति प्रवद्धर्न गर्ने उदेश्यले अनुदान वितरण गरेको हो ।

“स्वच्छ, स्वस्थ्य, स्वादिलो र पोषिलो आहारका लागि कौशी खेति गरौ, स्वाबलम्बी र व्यवसायी बनौ” भन्ने नाराको साथ सुक्रबार नगरपालिकाले अनुदान स्वरूप कौशी खेति गर्ने कृषकहरुलाई प्रति कृषक रु दश हजार रुपैयाको चेक हस्तान्तरण गरेको छ ।

चेक नगर प्रमुख सन्तोष चालिसेले कृषकहरुलाई हस्तान्तरण गरेका थिए । कौसी खेतीलाई प्रोत्साहन गर्न नगरपालिकाले १ सय ५५ जनालाई रु १० हजार रुपैयाको दरले चेक अनुदान स्वरुप प्रदान गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गदै नगर प्रमुख सन्तोष चालिसेले खेतियोग्य जमिन कम भईरहेको सन्दर्भमा घरको कौसीमा गर्न सकिने कौसी खेतिको प्रवद्धर्नले स्वरोजगार बढ्न टेवा दिनुका साथै स्वस्थ र पोषिलो तरकारी घरमै उत्पादन गरी नागरिकलाई स्वस्थ राख्न समेत सहयोग पुग्ने भएकोले नगरपालिकाले कौसी खेतिका लागि समेत कृषकहरुलाई अनुदान दिने कार्यक्रम ल्याएको बताए ।

कार्यक्रममा नगरपालिकाका उप प्रमुख शान्ती नेपाल, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, नगर प्रवक्ता एवम् वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल, वडा नं ७ का वडा अध्यक्ष केशब गुरुङ, वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा सदस्यहरु तथा नगर कार्यपालिका सदस्य, कर्मचारीहरु र कृषकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।