आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

बंगलादेशमा हिन्दू माथी भएको आक्रमणको विरोधमा द्विप प्रज्वलन (फोटो फिचर)

गोकर्णेश्वर खबर५ कार्तिक २०७८, शुक्रबार २०:४५ मा प्रकाशित (२ साल अघि) २७८ पाठक संख्या

काठमाडौं । दसैको अष्टमीको दिन बंगलादेशमा इस्लामिक जिहादीले गरेको हिन्दूहरुको हत्याको बिरोधमा आज विश्व हिन्दू परिषद् नेपालले माइतीघर मण्डलामा द्विप प्रज्वलन गर्दै हत्याको बिरोध गरेको छ ।

बंगलादेशमा भएको हत्याको विरोध तथा पिडितहरुको लागि न्यायको माग गर्दै विश्व हिन्दू परिषद् नेपालले आज माइतीघर मण्डलामा द्विप प्रज्वलन कार्यक्रम गरेको हो ।

जिहादीहरुले दुर्गा पूजाको पण्डालहरुमा आक्रमण गरी दुर्गाका मुर्तिहरु तोडफोड गर्नुका साथै ८ जना हिन्दूहरुको हत्या गरेका थिए ।

जिहादी आक्रमणमा सयौं हिन्दूहरु घाईते भएका छन् भने जिहादीहरुले हिन्दू मन्दिरहरुमा आक्रमण, तोडफोड र आगजनी समेत गरेका थिए । ६ सय भन्दा धेरै घरहरु तोडफोड र आगजनी गरेका थिए ।