आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

गोकर्णेश्वरकी मन्जु परियार अस्पतालको बिल तिर्न नसक्दा बेडमै अलपत्र

गोकर्णेश्वर खबर५ कार्तिक २०७८, शुक्रबार ०७:३२ मा प्रकाशित (२ साल अघि) ५६५ पाठक संख्या

कात्तिक ५, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ स्थित आरुबारीकी ४३ बर्षिया मन्जु परियार उपचारको क्रममा उठेको बिल तिर्न नसकिएर बेडमै अलपत्रमा रहेकी छिन् । उनी गत असार २० गते परिवारको आर्थिक जमेलाबाट मानसिक रुपमा थलिन पुगेपछि विष सेवन गरेकी थिईन् । परियारलाई तत्कालै उपचारका लागि स्वयम्भू स्थित मनमोहन मेमोरियल शिक्षण अस्पतालमा पुर्याईन् ।

उपचारकै क्रममा असार २० यता ८ लाख पैसा सकिए पछि उनका परिवार चिन्तित छन् । मन्जुको स्वास्थ्य उपचारमा सहयोग गर्न विदेश रहेका उनको श्रीमान कृष्णबहादुर परियार नेपाल फर्किए पनि कमाएको पैसा सबै अस्पतालमा तिर्दा आफू रितो भएपछि अहिले डिस्चार्ज गर्न समस्या भएको सुनाउँछन् । ४२ दिन भेण्डिलेडरमा राखेर उपचार गरेकी परियारलाई ८४ दिन आइस्युमा राख्नुपर्ने अवस्था आएर खर्च विल धेरै उठेको उनले बताए । विरामीलाई अस्पतालको बेडमा राख्दा राख्दै पछाडी भागमा घाउ आईसकेको र उपचारमा समस्या आएको बताएको छ ।

पैसा तिर्न नसक्दा अस्पतालमा कर्मचारीहरुले समेत सहयोग गर्न छाडेको सुनाउँदै पैसा खोजेर विरामी छिटो घर लानु भन्दै डाक्टरहरुले समेत दबाब दिईरहेको उनको गुणासो छ ।

हालसम्म अस्पताललाई ८ लाख तिरिए पनि आईस्युको ३ लाख र फार्मेसीको ७ लाख पैसा तिर्न नसक्दा अस्पताल वरिपरि भौतारिरहेका मन्जुको श्रीमान कृष्णहरी सबैलाई सहयोगको याचना गरीरहेका छन् । यस अघि फार्मेसीमा पनि १ लाख ७५ हजार औषधीको विल तिरिसकेको बताउँदै विरामीको अवस्थामा केही सुधार आएपनि खर्च जुटाउन नसक्दा निराशमा छन् । घरको आर्थिक अवस्था पनि नाजुक रहेको सुनाउँदै अस्पतालको बेडबाट निकाल्नलाई खर्च जुटाउन देश विदेशमा रहनु हुने संघ सस्था तथा  नेपालीहरुलाई अपिल गरेका छन् ।