आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

‘कहिँ नभएको जात्रा’ आज हाँडिगाउँमा यसरी मनाईयो (फोटो फिचर)

गोकर्णेश्वर खबर४ कार्तिक २०७८, बिहीबार २०:१० मा प्रकाशित (२ साल अघि) ४८५ पाठक संख्या

काठमाडौं । बर्सेनि कोजागत पुर्णिामाको भोलिपल्ट काठमाडौंको प्राचिन सहर हाँडिगाउँमा हुने प्रसिद्ध जात्रा आज सुरु भयो । भगवान बिष्णुसँग पनि जोडिएकोले यस जात्रालाई श्री नारायण जात्रा समेत भनिन्छ ।

हाँडिगाँउको ३ स्थानबाट एकै समयमा रथ निकाली परिक्रमा गराइदै एकैठाउँमा भेला पारेर यो जात्रा मनाइन्छ ।

पौराणीक हिन्दु कथामा आधारित समुद्र मन्थनसँग जोडिएको किम्वदन्ती रहेको यो जात्रामा सुरुमा ३ वटा रथलाई ३ वटा चोकमा घुमाइन्छ । रथको माथिल्लो भागलाई क्रमशः हिमाल, पृथ्वी र कछुवा अनि सबैभन्दा तलको भागलाई भगवान विष्णु भनी मानिँदै आएको छ ।

सामान्यतया जात्रामा प्रयोग हुने खट वा रथमा सबैभन्दा माथी गजुर र मुनि मुर्ती हुन्छ । तर यो जात्रामा प्रयोग हुने खटमा भने सबैभन्दा माथी मूर्ति र तल गजुर हुन्छ । त्यहि भएर यसलाई ‘कहिँ नभएको जात्रा’ भन्न थालिएको हो ।