आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

अविरल बर्षाले १४ राजमार्ग तथा सडक अवरुद्ध

गोकर्णेश्वर खबर४ कार्तिक २०७८, बिहीबार ०९:०१ मा प्रकाशित (२ साल अघि) ४१९ पाठक संख्या

काठमाडौं । विगत ४ दिनदेखि परेको अविरल वर्षाका कारण देशभरीका १४ वटा सडक अवरुद्ध भएका छन् । अनपेक्षित रूपमा भएको वर्षाले राजमार्ग तथा सडकमा ठूलो क्षति पु¥याएको छ ।

सडक विभागका अनुसार वर्षाका कारण जयपृथ्वीबहादुर सिंह मार्गको खोर्पेदेखि बझाङसम्म, सेती राजमार्गको डडेल्धुराबाट डोटी जाने सडक ठाउँठाउँमा अवरुद्ध भएको छ ।

त्यसैगरी साँफेबगरबाट मार्तडी जाने सडक अवरुद्ध भएको छ । महाकाली राजमार्गअन्तर्गत धनगढीदेखि डडेल्धुरासम्म ठाउँठाउँमा अवरुद्ध भएको थियो ।

त्यसैगरी हुलाकी राजमार्गअन्तर्गत कैलालीको टीकापुर–राजापुर खण्डको सतीघाट भन्ने ठाउँमा ठूलो क्षति पु¥याएको छ ।