आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

प्रधानमन्त्रीको टोलीले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने

गोकर्णेश्वर खबर४ कार्तिक २०७८, बिहीबार ०८:४९ मा प्रकाशित (२ साल अघि) १७६ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनमा जाने भएका छन् । विहीबार विहान ८ बजे उनी काठमाडौंबाट बाढी, पहिरो प्रभावित क्षेत्रको अवलोकनमा निस्किने कार्यक्रम रहेको छ ।

विभिन्न जिल्लामा बाढी, पहिरो र डुवान प्रभावित क्षेत्रको अवलोकन गर्ने प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर सहभागी छन् । प्रधानमन्त्रीको टोली काठमाडौंबाट सिधै सुर्खेत जाने छ ।
सरकारले बाढी पहिरोबाट मृत्यु भएकाका परिवारलाई २ लाख र घर क्षति भएको भए ५ लाखसम्म राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ । यस्तै घाइतेहरुको उपचार निःशुल्क गर्ने बताएको छ ।

सुर्खेत विमानस्थलमा कर्णाली प्रदेशमा भएको क्षतिका सन्दर्भ प्रधानमन्त्रीले बिफ्रिङ लिने छन् । त्यसपछि प्रधानमन्त्रीको टोली सुर्खेतबाट डोटीको दिपायल प्रस्थान गर्नेछ । दिपायलबाट प्रधानमन्त्रीको टोली बझाङतिर लाग्ने छ । बझाङबाट प्रधानमन्त्री देउवा आफ्नो गृह जिल्ला डडेलधुरा प्रस्थान गर्ने छन् । कञ्चनपुरको अवलोकनपछि प्रधानमन्त्रीको टोली कैलाली जाने छ ।

कैलालीको अवलोकनपछि प्रधानमन्त्रीको टोली धनगढी जाने कार्यक्रम रहेको छ । देउवाको टोली शुक्रबार बर्दिया र बाँके हुँदै मात्रै काठमाडौं फर्किने छ । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा व्यापक जनधनको क्षति भएको छ ।