आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

देश भर बाढीपहिरोबाट ७७ जनाको मृत्‍यु, २६ जना बेपत्ता

गोकर्णेश्वर खबर३ कार्तिक २०७८, बुधबार २०:४८ मा प्रकाशित (२ साल अघि) ११६ पाठक संख्या

काठमाडौं । विगत चार दिनदेखिको बेमौसमी अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी देशभरीमा मृत्यु हुनेको संख्या ७७ पुगेको छ । यसैगरी बेपत्ता हुनेको संख्या २६ रहेको छ । देशभरीमा घाइते हुनेको संख्या २२ पुगेको छ ।

गृहमन्त्रालयका अनुसार पहिरोले सबैभन्दा बढी मानवीय क्षति पाँचथरमा पु¥याएको छ । पाँचथरमा पहिरोमा परी २४ जनाको मृत्यु भएको छ भनें ६ जना घाइते भएका छन् ।

पाँचथरपछि इलाममा पहिरोमा परी १३ जनाको मृत्यु भएको छ भनें २ जना घाइते भएका छन् भने ३ जना अझै बेपत्ता रहेका छन् ।
पहिरोमा परी धनकुटामा ७, हुम्लामा ६, बैतडीमा ४ जनाको मृत्यु भएको छ ।

यस्तै पहिरो र बाढीमा परी बझाङ, सुनसरी र उदयपुरमा २–२ जना तथा कालीकोट, डडेलधुरा, प्युठान, सोलुखुम्बु र मोरङमा एक÷एक जनाको मृत्यु भएको छ ।