आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

सरकारले बाढी पहिरो पिडितलाई घर बनाउन ५ लाखसम्म आर्थिक सहयोग गर्ने

गोकर्णेश्वर खबर३ कार्तिक २०७८, बुधबार १८:५५ मा प्रकाशित (२ साल अघि) २३३ पाठक संख्या

काठमाडौं । बेमौसमी वर्षाका कारण देशभरी आएको बाढी र पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने निर्णय गरेको छ ।

घर निर्माणका लाथि जग्गाको अभाव हुनेका लागि थप ३ लाख पनि उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।

मन्त्रिपरिषद्‌को बुधबार बसेको बैठकपछि गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरोबाट प्रभावित परिवारका लागि आवासको प्रबन्ध सरकारले गरिदिने निर्णय गरेको जानकारी दिए ।