आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

विराटनगर विमानस्थल जगमग्न भएपछि उडान स्थगित

गोकर्णेश्वर खबर३ कार्तिक २०७८, बुधबार ०८:५१ मा प्रकाशित (२ साल अघि) २८२ पाठक संख्या

काठमाडौं । तराईमा भैरहवापछि सर्वाधिक उडान हुने काठमाडौंबाहिरको विराटनगर विमानस्थलमा स्थानीइ दुइटा खोलाको पानी पसेपछि बन्द भएको छ । विमानस्थलभित्र सबै स्थान जलमग्न भएकोले आज विराटनगरमा उडान हुन सकेको छैन ।

काठमाडौंबाट विराटनगरमा हुने विहानको उडान स्थगित भईसकेको छ । जमेको पानीको निकास भएपछि मात्र उडान शुरु हुने जानकारी विमानस्थल पुगेका यात्रुलाई दिएको समाचार प्राप्त भएको छ ।

विराटनगर विमानस्थल छिर्ने गेटेदेखि लिएर, जहाज पार्किङ क्षेत्र, धावनमार्ग, कर्मचारी क्वार्टर सबै जलमग्न भएको छ भनें विमानस्थलभित्र ३ देखि ६ फिटसम्म पानी जमेको छ ।