आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

माओवादी केन्द्रको सम्मेलनको कार्यतालिका हेरफेर, कहिले के हुने ?

गोकर्णेश्वर खबर३ कार्तिक २०७८, बुधबार ०८:३४ मा प्रकाशित (२ साल अघि) १३२ पाठक संख्या

काठमाडौं । मंगलबार बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सदस्यता नवीकरण र स्थानीय सम्मेलनको तालिका परिवर्तन गरेको छ । पार्टीको राष्ट्रिय सम्मेलनबाहेक अन्य तहका सम्मेलनको तालिका हेरफेर गरिएको छ ।

हेरफेर गरिएको तालिका अनुसार पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थपिएको छ । यस्तै टोल सम्मेलनहरू कात्तिक २७ गतेसम्म हुनेछन् । वडा सम्मेलनको म्याद मंसिर ४ सम्म थपिएको छ भने पालिका सम्मेलनहरू मंसिर ११ गतेसम्म सम्पन्न गर्नुपर्नेछ । प्रदेश सम्मेलन मंसिर २५ सम्म सकेर पुस दोस्रो साता राष्ट्रिय सम्मेलन हुनेछ ।

यसैगरी मंगलबारको बैठकले संगठनसम्बन्धी महत्वपूर्ण निर्णयहरु गरेको छ । विभिन्न आयोगका संयोजक तोकिएको छ । लेखा आयोगको संयोजक पेशल खतिवडालाई तोकेको छ भने टंक राईको नेतृत्वमा अनुशासन आयोग गठन गरेको छ ।

यसैगरी बैठकले १४९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ भने जेष्ठ कम्युनिस्ट मञ्च ९९ जनाको बनाएको छ । त्यस्तै विशेष समिति १७५ सदस्यीय बनाएको छ ।